१६ चैत्र २०८०, शुक्रबार
Follow Us

परराष्ट्रमन्त्री ज्ञावाली र एनआरएनए अध्यक्ष पन्तबीच वार्ता

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७७, मंगलवार १४:१५


विदेशमा रहेका नेपालीबारे वृहद् छलफल

लन्डन । विभिन्न मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तबीच मंगलबार वार्ता भएको छ । विदेशमा रहेका धेरैजसो नेपाली स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेका नेपालीबारे मन्त्री ज्ञवालीलाई अध्यक्ष पन्तले अवगत गराएका थिए ।

मन्त्री ज्ञवाी र अधयक्ष पन्तबीच उद्दार र राहत पुर्‍याउने विषयमा पनि छलफल भएको थियो । विभिन्न मुलुकमा रहेका नेपालीका बारेमा आफूले पनि दूतावासलगायत विभिन्न माध्यमबाट जानकारी लिइरहेको र सरकार यस विषयमा संवेदनशील रहेको मन्त्री ज्ञवालीले अध्यक्ष पन्तलाई बताएका थिए ।

उनले खाडीलगायत मध्यपूर्वका मुलुकमा रहेका नेपालीलाई कुनै सर्त नराखी समान व्यवहार गर्न आग्रह गरेको र त्यसमा सम्बन्धित मुलुकका सरकारले पूर्ण सहमति जनाएको जानकारी अध्यक्ष पन्तलाई दिएका थिए । यो अप्रिल महिनाभरि जो जहाँ छौँ, धैर्यतापूर्वक त्यहीँ रहन आग्रह गर्दै मन्त्री ज्ञावालीले त्यसपछि परिस्थितिको जटिलता हेरि निर्णय गर्ने बताएका थिए । आफ्ना नागरिकलाई कुनै हालतमा अलपत्र हुन नदिने विश्वास पनि उनले दिलाएका थिए । मन्त्री ज्ञावाली र अध्यक्ष पन्तबीचको वार्तामा तत्काललाई नेपाल सरकार, दूतावास र गैरआवासीय नेपाली संघले मिलेर विदेशमा रहेका नेपालीलाई नेपालीलाई सहायता पुर्‍याउने समझदारी पनि बनेको छ ।

धेरै मुलुकमा दूतावास र गैरआवासीय नेपाली संघसमेतको पहलमा सहायता पुर्‍याउने काम भइरहेको छ । यसलाई थप प्रभावकारी बनाउँदै उद्दारका काम पनि समन्वयमा गर्न सरकार र एनआरएन दुवै सहमत भएका छन् । जो जहाँ छौँ, सतर्क र सुरक्षित रहौँ । सहयोग आवश्यक परे दूतावास वा आईसीसी सचिवालय, एनसीसी एवं फोकल पर्सनलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।