६ बैशाख २०८१, बिहीबार
Follow Us

माल्टामा कार्यरत एक नेपालीमा कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७७, बुधबार १२:२३

माल्टा । युरोपियन देश माल्टामा कार्यरत एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । १८ महिनादेखि माल्टामा कार्यरत एक नोपलीमा कोरोना भाइरस संक्रमण देखिएको एनआरएनए माल्टाले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा १७ नेपालीको स्वास्थ्य परीक्षण गरिएकोमा एकजनामा संक्रमण पोजेटिभ देखिएको हो । खत्री थरका ती नेपालीले आफूलाइ संक्रमण भएको आशंकमा त्यहास्थित लुका कोरोना परीक्षण केन्द्रमा गएर आफ्नो स्वास्थ्य जाँच गराएका थिए । उक्त क्रममा उनमा भाइरस पोजेटिभ देखिएको हो । एनआरएनए सल्लाहकार सोम सापकोटाले माल्टामा रहेका नेपालीहरुलाई भाइरस संक्रमणबाट सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।

नेपालीको सहयोगका लागि सक्रिय हुँदै एनआरएनए माल्टा यसैबीच गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाले माल्टामा रहेका कोरोना प्रभावित नेपालीहरुको सहयोगका लागि विभिन्न संघ संस्थाको समन्वयमा आर्थिक संकलन भइरहेको जनाएको छ ।

उक्त रकमबाट प्रभावितहरुका लागि खाद्यान्न लगायतका राहत सामग्री खरिद गरेर वितरण गरिने परिषद्ले बताएको छ ।
परिषद्ले कोही पनि व्यक्ति कामबिहिन हुनुका साथै ऐजेन्टसँग सम्पर्क विहिन भएको अवस्थामा एनआरएनए माल्टाका विभिन्न पदाधिकारीलाई सम्पर्क गर्न भन्दै फोन नम्बर उपलब्ध गराएको छ ।

वास्तविक पीडितलाई प्राथमिकतामा राखिएकाले सबैले सकारात्मक सोच राखिदिन पनि परिषद्ले अनुरोध गरेको छ ।