१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाका कारण साउथ ईस्ट लण्डनका एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७७, बुधबार १७:०३

लण्डन । कोरोना भाइरसको संक्रमणबाट साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका एक गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

लण्डनको ‘गाइज अस्पताल’मा उपचारार्थ भर्ना भएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधबार बिहान निधन भएको हो ।

नेपालमा स्याङ्जा पुख्र्यौली भएका सन् २०१० देखि परिवारसहित बेलायत बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन । उनी भूपु गोरखा समेत हुन् ।