१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ननिटनमा एक गैरआवासीय नेपालीको निधन

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७७, बिहीबार ०८:०२

लण्डन । ननिटनस्थित जर्ज इलियट अस्पतालमा एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । पारिवारीक स्रोतका अनुसार पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको बुधबार दिउँसो निधन भएको हो ।

उनीलाई कोरोनाको शंकाका कारण अप्रिल ५ तारिख अस्पतालमा दिन भर्ना गरिएको थियो । क्वीन्स गोरखा इन्जिनियर्सका ७८ वर्षीय गुरुङ्गले कर्पोरल पदबाट अवकास पाएका थिए ।
उनी ननिटनमा छोरी ज्वाइँका साथमा बसोबास गर्दै आएका थिए । तनहुँ शुक्लागण्डकी नगरपालिका घरमा गुरुङ्ग सन् २०१२ देखि युकेमा बस्दै आएका थिए ।