२६ बैशाख २०८१, बुधबार
Follow Us

साउदी अरबमा एनआरएनएद्धारा राहत वितरण

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७७, बिहीबार ०९:०५

लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अबरले कोरोना पिडितको लागि राहत वितरण शुरु गरेको छ । एनआरएन अबरका अनुसार ५ लाख रुपैयाँ बराबरको कोष निर्माण गरी कोभिड १९ प्रभावित नेपालीहरुलाई राहत वितरण गरिएको हो ।

यसका साथै कार्यदलले सो प्रयासमा रकम संकलन र राहतका लागि थप कार्यहरु गर्ने भएको छ। कोभिड १९ सहयोग कार्यदलले कोरोना प्रभावित नेपालीको तथ्यांक संकलन समेत गर्दै गरेको समेत जनाइएको छ। संक्रमण तथा बन्दका कारण अफ्ठ्यारोमा परेका, कम्पनी बन्द भएको, कम्पनीले तलब सुविधा नदिएको, खानपिन अभाव भएको र नेपाली राजदूतावास
एवं वाणिज्यदूतावासको समेतको सहयोग लिनेगरी सो सहयोग सुरु गरिएको हो।

अचानक ज्वरो आउने, सुख्खा खोकी, टाउको दुख्ने, झाडाबान्ताजस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको नं ९३७ मा सम्पर्क गर्नुका साथै संघका प्रतिनिधिहरूको सम्पर्कमा आउन कार्यदलले अनुरोध गरेको छ।

यसका साथै एनआरएनए अध्यक्ष कुमार पन्तले संक्रमण र समस्यामा परेका नेपालीहरुको पहिचान गरी आवश्यक सहयोग गर्ने निर्णय समेत कार्यदलले गरेको छ। अध्यक्ष पन्तले सो सहयोगको लागि सम्पूर्ण सहयोगदाता र यस कार्यमा खटिने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।