८ बैशाख २०८१, शनिबार
Follow Us

राजदूत सुवेदीद्वारा बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७३, बिहीबार १८:२५

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेंडर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सुवेदीले विहीवार अपरान्ह बकिंन्घम प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

उक्त अवसरमा डा. सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बेलायती महारानीको ब्यक्तिगत सुख र सुस्वाथ्यका तथा वेलायती जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको सन्देश र प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाली जनताको तर्फबाट पठाएको शुभेच्छा तथा शुभकामना प्रस्तुत गरेको नेपाली दूतावास लन्डनले जनाएको छ । दूतावासका प्रवक्ता शरद आरनका अनुसार महारानीले राजदूतको कार्यकालको सफलताको लागि शुभकामना दिएकी थिइन् । img_2021

img_2022

img_2023