६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा कोरोनाबाट १३ हजार ७ सयको मृत्यु, तीन हप्ता थपियो ‘लकडाउन’

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७७, बिहीबार १७:२९

लण्डन । कोरोना भाइरसको संक्रमणले १३ हजार ७ सयको ज्यान गए पछि वेलायतमा तीन साताका लागि ‘लकडाउन’ थप गरिएको छ ।

परराष्ट्रमन्त्री डोमिनिक राबले विहिबारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै ‘लकडाउन’को म्याद थपको घोषणा गरेका हुन् ।
बेलायतमा कोरोना संक्रमणबाट एक दिनमा थप ८ सय ६१ जनाले मृत्यु भएको छ । मृत्यु भएकाहरुको कुल संख्या १३ हजार ७ सय २९ पुगेको वेलायती संचारमाध्यमले जनाएका छन ।

यस्तै, बेलायतमा कोरोना संक्रमण भएकाहरुकाहरुको संख्या १ लाख ३ हजार ९३ जना पुगेको छ ।