१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना भाइरसबाट पाल्पाका घनबिर थापाको लण्डनमा मृत्यु

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७७, बिहीबार २१:२५

लण्डन । कोरोना भाइरस (कोभिड १९) कारण अर्का पूर्वगोरखा सैनिकको निधन भएको छ । पाल्पा जिल्ला समाजका अध्यक्ष वाचस्पति रेग्मीका अनुसार पाल्पा जिल्ला देखि वेलायतमा आएर बसोबास गर्दै आएका घनवीर थापा मगरको निधन भएको हो ।

सन् २००९ देखि युकेमा बस्दै आएका ७५ वर्षिय थापाको बुधबार लण्डनको किंङस्टन अस्पतालमा निधनको थियो । अहिले श्रीमती भीम कुमारी थापा आफ्नै निवासमा सेल्फ आइसोलेसनमा छिन् भने दुई छोरा नेपाल मै रहेको बताएको छ। उनका दुई छोरा, एक छोरी छन । थापाको निधनमा पाल्पा जिल्ला समाज युकेले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

थापाको निधन पछि वेलायतका कोरोनाका कारण निधन हुने गैरआवासीय नेपालीहरुको संख्या १४ पुगेको छ ।