७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएद्धारा ७ वटा अस्पतालहरुलाई पिपिई वितरण

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७७, शुक्रबार १४:११

लण्डन । गैरआवासीय नेपाली संघले विभिन्न सातवटा अस्पतालहरुलाई स्वास्थ्य सम्बन्धी सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, पिपिई) वितरण गरेको छ ।
गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार शुक्रवार ७ वटा अस्पताललाई १ सय २५ वटा पिपिइ वितरण गरेको छ ।

संघले नारायणी अन्चल अस्पताल २५, सगरमाथा अन्चल अस्पताल २०, जनकपुर अन्चल अस्पताल २०, बारा जिल्ला अस्पताल १०, रौतहट जिल्ला अस्पताल १०, केन्द्रीय कारागार अस्पताल १५, भरतपुर क्यान्सर अस्पताल २५ व थान पिपिइ हस्तान्तरण गरिएको हो ।

गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संघको तर्फबाट उपाध्यक्ष सोनाम लामाले ती सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो ।