१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना सङ्क्रमणबाट इङ्ग्ल्यान्ड फुटबल टिमका पूर्व सदस्य नोर्मन हन्टरको मृत्यु

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७७, शनिबार ०५:०३

लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट इङ्ग्ल्यान्ड फुटबल टिमका पूर्वसदस्य नोर्मन हन्टरको मृत्यु भएको छ। कोभिड १९ बाट सङ्क्रमित उनको आज ७६ वर्षको उमेरमा मृत्यु भएको हो।

सन् १९६६ को विश्वकप विजेता टोलीको सदस्य समेत रहेका उनलाई १० अप्रिलमा कोरोना संक्रमण पुष्टी भएको थियो।

फुटबल करियरमा उनले लिड्सबाट खेलेका थिए। लिड्सबाट उनले डिफेन्डरका रुपमा १४ वर्षमा ७ सय २६ खेल खेलेका थिए।

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने उनी आठौं खेलाडी हुन्। उनीबाहेक ५० वर्षे पाकिस्तानी पूर्व क्रिकेटर जफर सर्फराज, पाकिस्तानी स्क्वास खेलाडी आजम खान, इटलीका धावक ५६ वर्षीय दोनातो साबिया, स्वीजरल्यान्डका आइस हक्की लेजेन्ड ७९ वर्षीय रोजर सेपो, फ्रान्सको फुटबल क्लब रिम्सका डाक्टर ६० वर्षीय बर्नाड गोन्जालेस, इङग्ल्यान्डको लंकाशायर क्लबको अध्यक्ष ७१ वर्षीय डेभिज हजकिस, फ्रान्सको ओलम्पिक डी मार्सल फुटबल क्लबका पूर्व अध्यक्ष ६८ वर्षे पेप दिअफ रहेका छन्।