१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘कोभिड १९’ का कारण विदेशमा २९ जना नेपालीको निधन

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७७, आईतवार ११:५९

चिरन शर्मा । कोरोना भाइरस कोभिड १९ को संक्रमण विश्वभर फैलिदा विश्वभर मुत्यु हुने नेपाली संख्या २९ पुगिसकेको छ । कोरोना भाइरस संक्रमितहरुको तथ्यांक संकलन गर्दै आएको गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरिय समिति अन्तरर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार १ हजार १ सय ६६ जनामा संक्रमित छन् भने २८ जनाको ज्यान गैसकेको छ ।

यसैबीच नेडरल्याण्डमा बसोवास गर्ने ४० वर्षिय लक्ष्मी भट्टचनको आइतवार कोरोना भाइरस संक्रमित भएर निधन भए पछि निधन हुनेहरुको संख्या २९ पुगेको हो । गैरआवासीय नेपाली संघ स्रोतका अनुसार म्याग्दी घर भएकी भट्टचन श्रीमान र छोरा सहित त्यहाँ बसोबास गर्दै आएकी थिइन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविड १९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

नेपालमा १९ हजार ५ सय ५४ जनामा परिक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जना कोरोना मुक्तको समितिले जनाएको छ ।

संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हंकंमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।

विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार विहीवार साँझ सम्म दुई दर्जन भन्दा बढी देशमा १० हजार भन्दा बढी कोरोना पिडितको लागि संघले राहत वितरण गरेको छ । यसै बीच गैरआवासीय नेपाली (९एनआरएन) को कोविडा १९ उच्चस्तरीय समितिको बैठक जारी रहेको संघका सचिब डा हेम राज शर्माले जनाए ।