८ बैशाख २०८१, शनिबार
Follow Us

बुटवलको विरोध सभामा सत्ता र विपक्षी दलका नेता सहभागी

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७३, शुक्रबार ०६:३२

काठमाडौं । पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग्याउने गरी संबिधान संसोधन प्रस्ताव आएको विरोधमा आज बुटवलमा असन्तुष्ट नेताहरुको उपस्थितीमा विरोध सभा हुँदैछ । प्रदेश नम्बर पाँचका पहाडी जिल्ला प्रदेश नम्बर चारमा गाभ्ने प्रस्तावको विपक्षमा उभिएका सत्तारुढ दल तथा प्रमुख विपक्षी दलका नेताले आमसभालाई सम्बोधन गर्ने तयारी छ ।
आमसभामा सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले समेत सम्वोधन गर्ने बताइएको छ । सभामा कांग्रेस नेता चन्द्र भण्डारी, एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका टोपबहादुर रायमाझि लगायतले सम्वोधन गर्ने तयारी छ । सभामा सो क्षेत्रका तराई केन्द्रित दलका नेताहरुलाई समेत बोलाइएको बताइएको छ ।
यसैबीच सभामा प्रदेशन नम्बर चार, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी, वुटवललगायतका स्थानीयवासीहरु समेत सहभागि हुने भएका छन् ।