१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमको अधिवेसन मार्च ५ मा हुने

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७३, शुक्रबार ०८:४२

लन्डन । नेपाली जनसम्पर्क समिती बेल्जियम चौथो अधिबेसन अगामी मार्च महिनाको पहिलो साता हुने भएको छ । ५ मार्चमा लुभेन शहरमा आयोजना हुने सो अधिवेसनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई आमन्त्रण गरिएको छ । नयाँ नेतृत्वको समेत चयन हुने सो अधिवेसनको लागि समितिले साधारण सदस्यता नविकरण तथा नयाँ सदस्यताका लिन लागि त्यहाँ स्थित नेपाली कांग्रेस समर्थकहरुलाई आग्रह गरेको छ ।

सदस्यता वितरण समितिकी सदस्य अनुजा प्रधानका अनुसार नयाँ सदस्यता लिने र नविकरणका लागि २४ जनवरीको अन्तिम मिति तोकिएको छ । नयाँ नेतृत्वका लागि सिता सापकोटा, माधब सापकोटा, योगेन्द्र श्रेष्ठ, विनोद पौडेल लगायतको नाम चर्चामा छ । नेपाली जनसम्पर्क समिति बेल्जियमको तेश्रो अधिवेसमा १ हजार २ सय जनाले साधारण सदस्यता लिएका थिए भने ५ सय १६ जना सकृय सदस्य छन् ।
15202772_10209947515298783_5906212837899158118_n