१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गगन थापाको दबाबमा आइओएमका डिनले दिए राजीनामा

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७३, शुक्रबार ०९:५३

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन केपी सिंहले राजीनामा दिएसँगै गत १९ दिनदेखि अनशनरत डा गोविन्द केसीका मागहरू सम्बोधन हुने लक्षण देखिएको छ ।

उनको एउटा प्रमुख माग चिकित्सा शास्त्र अध्ययन संस्थानका डिनको राजीनामा पनि थियो । सिंहले त्रिविवि उपकुलपति तीर्थ खनियासमक्ष राजीनामा बुझाएका हुन् । स्वास्थ्यमन्त्री गगन थापाले डिन हटाउन सक्ने अधिकार आफ्नो मन्त्रालयमा नभएकाले प्रधानमंत्रीलाई भेटी तीव्र दबाब दिएका थिए ।

यसघिका डा केसीका अभिन्न मित्र केपी सिंहलाई त्रिविविले २० दिनअघिमात्र डिन नियुक्त गरेर केसीको आंदोलनलाई कमजोर बनाउने प्रयास गरेको थियो ।

केसीलाई भेट्न अनशन स्थल पुगेका थापाले आफूले क्षेत्राधिकार प्रयोग गरेर पूरा गर्न सक्ने माग सम्बोधन गरिसकेको र उपकुलपति तथा डिन आफ्नो मातहतमा नभएकाले हटाउन नसकेको बताएका थिए । उनले प्रधानमंत्रीलाई त्यसका लागि हदैसम्मको दबाब दिने बताएका थिए ।