१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती अखबारले भन्यो: युकेमा कोरोनाले ४१ हजारको ज्यान लियो

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७७, बुधबार २०:१२

लन्डन। बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या १८ हजार १ सय पुगेको छ । गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ७ सय ६३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

पछिल्लो जानकारीअनुसार इङ्ग्ल्याण्डमा ६ सय ६५ जना, स्कटल्याण्डमा ७७ जाना र वेल्समा १५ जनाको निधन भएको छ भने नर्दर्न आएरल्याण्डको भने अहिलेसम्म कुनै तथ्याँक सार्वजनिक भएको छैन ।अहिलेसम्म इङग्ल्याण्डमा १६ हजार २ सय ७२, स्कटल्याण्डमा १ हजार ६२, वेल्समा ६ सय२४ र नर्दर्न आएरल्याण्डमा २१६ (हिजोको तथ्यांक) जना गरि अस्पताल हाताभित्र मृत्यु हुनेको संख्या कुल १८ हजार १ सय पुगेको हो ।

हालसम्म बेलायतमा १ लाख ३३ हजार ४ सय ९५ जना कोरोनाबाट संक्रमित रहेका छन् भने गएको २४ घन्टामा ४ हजार ४ सय ५१ जाना थप संक्रमित भएका छन् । तर विभिन्न अध्ययनकाअनुसार हाल जारी गरिएको तथ्याँक भन्दाबेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्यादोब्बर भन्दा पनि बढी भएको बताइएको छ ।

राष्ट्रिय तथ्यांक विभाग (ओएनएस) ले अप्रिल२३ सम्ममा मृत्यु हुनेको संख्या २३ हजार भन्दा बढी भएको तथ्यांक सार्वजनिक गरेकोथियो भने फ़ाइनान्शियल टाइम (एफटी) ले बेलायतमा कोरोनाको संक्रमंबाट मृत्यु हुने कुल संख्या ४१ हजार भन्दा बढी भएको तथ्यांक प्रस्तुत गरेको छ । जुन तथ्यांक अनुसार कोरोनाबाट अस्पताल लगायत केयर होम, प्राइभेट रेसिडेन्ट लगायतका मृतकलाई समावेसगरिएको बताइएको छ