६ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाले खुदुनावारीका पूर्वप्रअ लिङ्देनको वेलायतमा ज्यान गयो

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७७, बिहीबार १८:५५

लण्डन । कोरोना भाइरस (कोभिड १९) ले वेलायतमा अर्का एक नेपालीको ज्यान गएको छ ।

वेलायतको रेगिङ्ग शहरमा बस्ने झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रअ हंसराज लिङ्देनको विहीवार स्थानिय एक अस्पतालमा निधन भएको हो ।

सो विद्यालयका एक पूर्व विद्यार्थीका अनुसार ६५ वर्षीय लिङ्देन सन् २००६ देखी परिवार सहित वेलायतमा बसोबास गर्दै आएका थिए ।