१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएको दवावमा ‘श्रम कल्याणकारी कोष’ परिचालन गर्न नेपाल सरकार सहमत

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७७, शनिबार १८:४६

लण्डन । वैदेशिक रोजगारीमा गएकाहरुले स्थापना गरेको श्रम कल्याणकारी कोषलाई सकृय पार्न नेपाल सरकार सहमत भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गतसाता विभिन्न देशका एनआरएनए अध्यक्षहरूसंग गरेको भिडियो कन्फ्रेन्स बैठक अनुरुप सरकारले सो रकमबाट विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि खर्च गर्न सरकार तयार भएको हो ।

पन्तले अनुसार आज बसेको नेपाल सरकार, ‘कोभिड १९’ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषको रकम परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।

कोरोना भाइरसको महामारीमा परेका नेपालीहरुको तत्तकाल उद्धार गर्ने निर्णय भएको उच्चस्तरिय समितिका संयोजक एवं उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिएको पन्तले वताए ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अफ्ठ्यारोमा पर्न नदिन र अलपत्र परेकाहरूको उद्दा गर्नु पर्ने सुझाव गैरआवासीय नेपाली संघले दिएको थियो । सो कोषमा करिब १३ अर्ब रुपैयाँ रहेको वताएको छ ।