८ बैशाख २०८१, शनिबार
Follow Us

व्यवसायी लोक दाहालको सहयोगमा युरोपमा रहेका नेपालीलाई ७ हजार मास्क वितरण

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७७, शनिबार १९:११

लण्डन । बेल्जियम निबासी व्यवसायी लोकप्रसाद दाहालले नेपाली समुदायलाई सर्जिकल मास्क निःशुल्क वितरण गर्ने भएका छन् । चीनबाट आफ्नै व्यक्तिगत खर्चमा ७ हजार मास्क खरिद गरेका दाहालले युरोपका नेपालीहरुलाई मास्क वितरण गर्न लागेका हुन्। दाहाल गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष समेत हुन्।

उनले व्यक्तिगत खर्चमा ३ हजार १ सय युरो खर्च गरेर सिधैं चीनबाट बेल्जियममा मास्क झिकाएका थिए। एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष समेत रहेका दाहालले अप्रिल १४ तारिखमा मास्कहरु ब्रसेल्स आइपुगेको भएपनि चेकजाँच र सोधपुछपछि भर्खर प्राप्त भएको बताए । उनले भने, ‘यस प्रक्रियामा बेल्जियमको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको ठूलो सहयोग मिल्यो। मुख्यत: नेपाली समुदायका लागि बितरण गर्ने भनी ईमेल पठाएपछि मात्र हामीलाई प्राप्त भएको छ।’