११ बैशाख २०८१, मंगलवार
Follow Us

यसरी चिप्लीयो माइ संसार, राजदूतले ओहदाको प्रमाणपत्र बुझाएका होइनन्

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७३, शुक्रबार १२:३२

नारायण गाउँले । लन्डन । चीनमा नेपाली राजदूतको अपमान भएको भन्ने खबर कपोलकल्पित रहेको खुलेको छ । चीनका निम्ति नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले चीनको विदेश मन्त्रालयका एक कर्मचारीसमक्ष आफ्नो ओहदाका प्रमाणपत्रको प्रतिलिपि बुझाएका थिए ।

अन्य देशका राजदूतहरूले ओहदाको प्रमाणपत्र राष्ट्रपतिलाई बुझाउँदै आएकोमा नेपाली राजदूतको प्रमाणपत्र भने जुनियर कर्मचारीको हातमा दिन लगाएर देशको कूटनैतिक अपमान भएको खबर विभिन्न पत्रपत्रिका र सोसल मिडियामा भाइरल भएको थियो ।

खासमा नवनियुक्त राजदूतले राष्ट्रपतिबाट हस्ताक्षरित र सम्बन्धित देशको राष्ट्राध्यक्षलाई सम्बोधन गरिएको ओहदाको प्रमाणपत्र (Letter of credence) र साथमा एकप्रति प्रतिलिपि सँगै लिएर जाने प्रचलन रहेको छ ।

पहिलो चिठ्ठी शिलबन्दी र दोस्रो खुला रहने परम्परा छ । सम्बन्धित देशमा पुग्नासाथ उक्त देशको विदेश मन्त्रालयमा प्रतिलिपि बुझाउने गरिन्छ । यो उक्त देशलाई राजदूतले विधिवत पदभार ग्रहण गरेको जानकारी पनि हो । यसपछि राजदूतले पूर्ण हैसियतमा काम सुरु गर्न सक्छन् ।

राष्ट्राध्यक्षका नाममा लेखिएको मूलप्रति भने उपयुक्त समयमा सो राष्ट्रका राष्ट्राध्यक्षले आयोजना गर्ने कार्यक्रममा राजदूत आफै उपस्थित भएर बुझाउने कूटनैतिक परम्परा रहेको छ । चीनका निम्ति नेपाली राजदूत लीलामणि पौडेलले यही डिसेम्बर महिनामा चिनियाँ राष्ट्रपतिको कार्यालयले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनेछन् । अनुभबी एवं नैतिक आचरण उच्च भएका पौडेलबाट नेपाल चीनबीच फलदायी सम्बन्धविस्तारको अपेक्षा गरिएको छ ।

विवाद कहाँबाट सुरु भयो ?

केही दिनअघि नोभेम्बर २२ का दिन अन्नपूर्ण पोस्टमा चीनका निम्ति नवनियुक्त नेपाली राजदूत लीलामणि पोख्रेलले ओहदाको प्रमाणपत्र बुझाएको खबर छापियो । धेरैले शायद समाचारमा ख़ास ध्यान दिएनन् तर माई संसार नामको लोकप्रिय ब्लग चलाउने शालोक्यजीको नजर त्यो न्युजमा पर्यो ।   15281871_10205786745266203_1830234106_n उहाँको नजर ख़ासगरी न्युजसँगै आएको फोटोमा परेको थियो । प्रमाणपत्र बुझ्दै गरेका व्यक्ति चिनियाँ राष्ट्रपति नभएर विदेश मंत्रालयका शिस्टाचार महाशाखाका उपप्रमुख थिए । अनि उहाँले ‘चीनमा नेपाली राजदूतको हैसियत’ शीर्षकमा माइ संसारमा ब्लग लेख्दै हाम्रो देशमा चिनियाँ राजदूतलाई राष्ट्रपतिसमक्ष प्रमाणपत्र बुझाउन लगाइएको तर चीनमा भने समान व्यवहार नभएको उल्लेख गर्नुभयो ।

15310449_10205786746386231_1744675062_n

अन्नपूर्ण पोस्टले पनि त्यस्तै अर्थ लाग्ने गरी समाचार लेखेको थियो । त्यहाँ ‘कपी’ भन्ने आशयको कुनै शब्द थिएन । ठूला ठूला मिडियाहरू चिप्लिएको समात्न माहिर शालोक्यजी यसपालि आफै चिप्लिनुभो ।

उहाँले चाहेको भए दूतावासमैं खबर गरेर समाचारको तथ्य बुझ्न सक्नुहुन्थ्यो तर त्यसो गर्नुभएन । त्यही ब्लगलाई आधार बनाएर धेरैले चीनले नेपालको अपमान गरेको, असन्तुष्ट रहेको जानकारी दिएको, प्रचण्ड सरकार नै यसको दोषी रहेको जस्ता विभिन्न विश्लेषण सोसल मिडियामा गरिरहेका छन् ।