१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सनराइज बैंक र फुडमान्डुबीच सम्झौता

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७७, बुधबार ०२:४५

काठमाडौं । सनराइज बैंक र फुडमान्डुबीच छुट दिने सम्झौता भएको छ । ग्राहकको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले लकडाउनको यस अवस्थामा पनि फुडमान्डुमा माग गरिएको अर्डरका लागि बंैकको डेबिट÷क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५ सय रुपैयाँसम्म नगद छुट प्रदान गर्ने बंैकले जनाएको छ । यो अफर लकडाउन अवधिसम्म काठमाडौं उपत्यकाभित्र मात्र मान्य हुनेछ ।

वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिम ध्यानमा राख्दै सम्झौता गरिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधा उपभोग गर्न बंैकले ग्राहकलाई आग्रह गरेको छ । साथै बंैकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बंैकिङ सेवाका साथै केही नगद काउन्टर, रेमिट्यान्स सेवा सुचारु राख्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।