१२ बैशाख २०८१, बुधबार
Follow Us

आगोलागीबाट घाइते बरेङ-३ का वडाअध्यक्ष खनालको मृत्यु

sarusaru
१७ बैशाख २०७७, बुधबार १०:४३

बागलुङ, ८ बैशाख – जिल्लाको बरेङ गाउँपालिका-३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको बुधवार दिउसो मृत्यु भएको छ । आगोलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते खनालको मंगलवार राती ह्दयघात भएको थियो । सोही ह्दयघातको कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख ८ गते गुल्मी जिल्ला चन्द्रकोट गाउॅपालिका-४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको सोही दिन नै मृत्यु भएको थियो । आगलागीमा परेर खनालसंगै श्रीमती रुपा खनाल पनि घाइते भएकी थिइन् । दुवैको काठमाडौंमा उपचार भइरहेको थियो । अहिले रुपाको अवस्था सुधारोन्मुख छ । स्थानीय निर्वाचनमा खनाल तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।