October 26, 2020
1:23 PM | 7:08 PM

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

  29/04/2020 मा प्रकाशित

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । गत २ मार्चदेखि २८ अप्रिलसम्मको तथ्याँकका आधारमा मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । बेलायत सरकारले पहिलोपटक केयरहोम लगायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई सार्वजनिक गरेको हो ।त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ८५ जना र २३ जना केयर वर्करसहित १ सय ८ जनाको निधन भएको बताइएको छ ।

कोरोना संक्रमणका कारण अस्पताल बहिर केयर होम लगायतमा भएका निधनलाई समावेस नगरिएको भन्दै गरिएको विरोधका कारण आज केयर पहिलोपल्ट होममा भएको निधनको पनि तथ्याँक सार्वजनिक गरिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

पछिल्लो तथ्याँक अनुसार बढी मृत्यु हुने मुलुकहरुमध्ये बेलायत अमेरिका र इटालीपछिको तेस्रो स्थानमा परेको छ । विश्वभर कोरोनाको संक्रमणबाट ५० जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्याँक छ । कोरोनाबाट विश्वभर हालसम्म झन्डै २ लाख २० हजार मानिसहरुको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया