१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सनराइज बैंकद्वारा पीपीई हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार ०३:१०

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको बढिरहेको जोखिमलाई मध्यनजर गर्दै सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण कार्र्य निरन्तरता दिँदै आएको छ ।

यसअन्तर्गत बैंकले मध्यपुर हस्पिटल, ठिमी र श्री मेमोरियल हस्पिटल, बनेपालाई १२ थानको दरले पीपीई उपलब्ध गराएको छ । साथै २ हजार ५ सय मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको छ । उक्त सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र मेमोरियल हस्पिटलका डा. शिवजी विक्रम सिलवाललाई हस्तान्तरण गरेको पनि विज्ञप्तिमा उल्लेख छ । हालसम्म बैंकले देशभरका विभिन्न अस्पतालमा ५ सय ५० भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ । अन्य ठाउँमा समेत उपलब्ध गराउँदै जाने बैंकले जनाएको छ ।

अहिलेको परिस्थितिमा डिजिटल बैंकिङमार्फत् कारोबार गर्न सबै ग्राहकलाई अनुरोध गर्दै बैंकले आफ्नो सबै डिजिटल माध्यमबाट सुरक्षित तरिकाले कारोबार गर्न सकिने पनि बैंकले जनाएको छ ।