१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार ०९:१५

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैर आवासीय नेपाली संघ कोरीया, चीन, हङकङ र मकाउले उपलब्ध गराएका सामाग्री उपाध्यक्ष सोनाम लामाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन । मन्त्री ढकालले स्वास्थ्य सामग्रीहरु पारदर्शि रुपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिने बताए ।

देश कोरोना संक्रमण बिरुद्ध लडिरहेकाले त्यसमा सहयोग पुगोस भनेर विदेशमा रहेका नेपालीमार्फत सरकारलाई सहयोग गरिएको एनआरएनएले जनाएको छ । थप सामाग्री पनि छिट्टै उपलब्ध गराइने संघले जनाएको छ ।

संघले ३ सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन ९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ गाउन २ हजार थान उपलब्ध गराएको हो ।

यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन ९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुले यसअघि पनि टेस्टिङ किट, पीपीइ लगायतका सामग्री उपलब्ध गराइसकेको छ ।