१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ नेता पौडेललाई जापानमा विभूषण

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार ०९:१७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ ।

बुधबार जापान सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी दूतावासले जनाएको छ । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा सो विभूषण प्रदान गर्न लागिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा ‘ जापान–नेपाल फ्रेन्डसिप पार्लमेन्टेरियन कमिटी’ गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण निर्वाह गर्नुभएको दूतावासले जनाएको छ ।