७ बैशाख २०८१, शुक्रबार
Follow Us

बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार १४:५६

रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।

उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो । के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उहाँले जानकारी दिनुभयो ।