७ बैशाख २०८१, शुक्रबार
Follow Us

पोर्चुगलमा एक नेपालीको निधन

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७७, शनिबार १०:४८

लिस्वन । पोर्चुगलमा एक नेपालीको निधन भएको छ । मे १ तारिख शुक्रबारका दिन पोर्चुगलको दक्षिणी क्षेत्र बेलसामेलमा धादिङका प्रेम तामाङले ज्यान गुमाएका हुन् ।

तामाङ कृषि मजुदरका रुपमा काम गर्थे । सहकर्मीका अनुसार उनी कार्यस्थलमै रहेको शौचालयमा गएका थिए । शौचालयबाट उठ्ने क्रममा रिङ्गटा लागेर ढुङ्गामा ठोक्किएर पल्टिन पुग्दा नजिकै सुकेको झारपात तथा अन्य फोहोर पोल्ने स्थानमा बलिरहेको आगोमा परेका थिए। घटना लगत्तै सहकर्मीले उनलाई उद्दार गरेर एन्बुलेन्सलाई बोलाइएको थियो । तर एम्बुलेन्स घटनास्थलसम्म आइपुग्न ३० मिनेट भन्दा बढी समय लागेको थियो । उनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

अस्पताल श्रोतका अनुसार उनी उच्च रक्तचापका कारण ढलेको र मस्तिस्कमा रगत जमेको थियो ।

मृतक तामाङकी २२ वर्षीय छोरी पनि उनीसँगै पोर्चुगलमा बस्दै आएकी थिइन् भने श्रीमतीलगायत परिवारका अन्य सदस्य भने नेपालमै थिए ।