१५ चैत्र २०८०, बिहीबार
Follow Us

इङलिस प्रिमियर लिग : बाँकी खेल दर्शकविना तटस्थ मैदानमा

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७७, शनिबार १५:५२

लन्डन । इङलिस प्रिमियर लिगका खेलहरु दर्शकविना तटस्थ मैदानमा गर्न क्लबहरु सहमत भएका छन । लिगको यो सिजन सम्पन्न गर्ने बिषयमा भएको भिडियो कन्फरेस बैठकमा यस्तो सहमति जुटेको हो ।

२० वटा क्लब र सरकारी पदाधिकारीबीचको बैठकले बढीमा दश वटा रंगशाला प्रयोग गरेर जारी सिजन अन्त्य गर्न सकिने निस्कर्ष पनि निकालेको छ । खेल सुरु हुनुअघि चालिस हजार खेलाडी र कर्मचारीको कोरोना संक्रमण परीक्षण गर्नुपर्ने देखिएको छ । लिगका सबै खेल बन्द रंगशालामा गराउने तयारी छ । लिग कसरी सुरक्षित र उचित तरिकाले गराउन सकिन्छ भनेर प्रिमियर लिगले एउटा कमिटी पनि गठन गरेको छ ।

लिग सुरु गर्नका लागि क्लवहरु प्रशिक्षणमा फर्किसकेका छन । प्रशिक्षणका लागि स्वास्थ्यसम्बन्धी विशेष ब्यवस्था गरिएको छ । खेलाडीले प्रशिक्षण गर्दा किट्स लगाएर आउनुपर्ने र अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम छ । मेडिकल स्टाफहरु पुरै पीपीईमा हुनुपर्ने ब्यवस्था छ । कोरोना संक्रमणका कारण मार्च १३ देखि लिग रोकिएको थियो । प्रिमियर लिगमा ९२ खेल बाँकी छन । स्थगित लिगमा लिभरपुल पहिलो स्थानमा छ ।