११ बैशाख २०८१, मंगलवार
Follow Us

देउवाको जुम बैठक: अप्ठ्यारोमा परेकाको फिर्तिको लागि कांग्रेसले पहल गर्ने

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७७, सोमबार १०:०६

‘३० देशका १५० जना सहभागी’

लण्डन । नेपाली कांग्रेसले देश बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए सहयोग गर्ने र आवस्यक परे स्वदेश फिर्ता ल्याउन पहल गर्ने भएकोछ ।

आइतबार भिडियो कन्फरेन्समार्फत नेपाली कांग्रेसका जनसम्पर्क समितिका वर्तमान तथा पूर्व सभापतिहरुसँग कोरोना भाइरसको संकट, देशको अहिलेको अवस्था र नेपाली कांग्रेसको आगामी रणनीति बारेमा नेपाली कांग्रेसले छलफल गरेको हो।

पार्टी सभापति शेर बहादुर देउवाले भिडियो (जुम) कन्फरेन्समा बोल्दै कांग्रेस पार्टी बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए नेपाल सरकारले सहयोग गर्नुपर्ने र आवस्यक परे स्वदेश फिर्ता ल्याउन सरकारसँग पहल गर्नु पर्ने बताएका थिए।

भिडियो कन्फरेन्समा पार्टीका नेताहरूले आफ्नो धारणा राखेका थिए। छलफलमा नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा,उपसभापति बिमलेन्द्र निधि,सहमहामन्त्री डा। प्रकाश शरण महत, जन सम्पर्क समिति बिभागका संयोजक गोबिन्द भट्टराई, आर्जु राणा देउवा, आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट, बालकृष्ण पान्डे लगायतको सहभागीता थियो।

सामाजिक तथा स्वास्थ्य क्षेत्रका विषयमा कांग्रेस नेत्री आर्जु राणा देउवाले, पार्टी अधिबेशनका बारेमा कांग्रेस उपसभापति बिमलेन्द्र निधिले बोलेका थिए भने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले देशको परिस्थिति, राजनीति सरकारका बिषयमा बोलेका थिए।

सहमहामन्त्री महतले भिडियो कन्फरेन्समा बन्दाबन्दिको कारनले आर्थिक सामाजिक जीवन अस्तब्यस्त भएको र यस्तो बेलामा पनि कम्युनिस्ट पार्टीको सरकार जनतको आवस्यकता र पिरमर्काप्रति केन्द्रित हुनुको सट्टा सत्ता संघर्षमा केन्द्रित भएको भएको आरोप लगाए।

उनले नेपाली कांग्रेस पार्टी प्रतिपक्षीमा भएपनी जनतको पीर मर्कामा मलम लगाउने काम गरिरहेको पनि बताए।

भिडियो कन्फरेन्समा सहभागी भएका जनसम्पर्क समितिका वर्तमान तथा पुर्व सभापतिहरुले आफूहरुले बिदेशमा भएका नेपालीहरुलाई राहत तथा उद्दारमा सहयोग गरिरहेको जानकारी कांग्रेस नेताहरुलाई दिएका थिए।

बैठकमा ३० देशका १५० जना सहभागी भएको कार्यक्रम संयोजक गंगाधार गौतमले जानकारी दिए । गैर आबासीय नेपाली संघको तर्फबाट कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनका पूर्ब उपाध्यक्ष कुल आचार्य, एनआरएनए अमेरिकाका पुर्ब अध्यक्ष केशब पौडेल,एनआरएनए केन्द्रिय सल्लाहकार बिश्व आदर्श पन्डित लगायतले आआफ्नो धारणा राख्नु भएको थियो।


बैठकमा सहभागीहरुको नामावली

नेपाली जनसम्पर्क समिती अमेरिकाका सभापति एवं केन्द्रिय आमन्त्रित सदस्य आनन्द बिष्ट, जनसंपर्क समिती भारतका सभापति एवं आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे,जनसंपर्क समन्वय समिति यूरोपका अध्यक्ष दिल बहादुर गुरुङ,जनसंपर्क समन्वय समिति युरोपका बरिस्ठ उपाधक्ष्य पुर्ण हमाल,जनसंपर्क समिती बेलायतका सभापति युबराज गुरुंग, मध्यपुर्ब बाट जनसंपर्क समिति कतारका पुर्ब सभापति बिमल सुबेदी,जनसंपर्क समिति जापानका पुर्ब सभापति नारायण सुवेदी, जनसंपर्क समिति साइप्रसका सभापति सीता अर्याल, जनसंपर्क समिती अष्टेलियाका सभापति कृष्ण गिरी,जनसंपर्क समिति जर्मनी का सभापति शिखर खड्का,जनसंपर्क समिती बहराइनका सभापति पदमसुन्दर गुरुंग, जनसंपर्क समिती पोर्चुगलका सभापति बिनोद घिमिरे, जनसंपर्क समिती नर्वेका सभापति जितेन्द्र शाही,जनसंपर्क समिति स्पेनका सभापति इन्द्र शर्मा, जनसंपर्क समिती नेदरल्याण्डका सस्थापक सभापति एनआरएन ए युरोप संयोजक नारायण आचार्य,जनसंपर्क समिति यूएई का सभापति भवानी प्रसाद तिमिल्सिना,नेपाली कांग्रेस महासमिति सदस्य बेलायत बाट बिज्ञान प्रसाई,जनसंपर्क समिती न्यूजिल्यान्डमा का सभापति बुद्दी सागर घिमिरे,संपर्क समिती कोरिया का सभापति आस्था बिन्दू मल्ल,जनसंपर्क समिती इजरायल का सभापति खगेस्वर अधिकारी,जनसंपर्क समिति क्यानाडा का सभापति बुद्दी प्रकाश ओलि, जनसंपर्क समिती बेल्जियमका सह संयोजक सुभास गुरुङ,जनसंपर्क समिति फ्रान्स का सभापति सुधिर राना लगायतले कोरोनाले नेपालीहरुले भोग्नु परेका समस्या र नेपाली काँगेस र जनसंपर्क समिती बिचका सांगठानिक अबस्था हरुका बारेमा जानकारी गराउँदै नेपालका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बिश्वभरबाट झण्डै एक सय पचास भन्दा बढी प्रतिनीधि सहभागी उक्त कन्फरेन्स बैठकमा जनसंपर्क समिति जापानका बर्तमान सभापति रोशन के सी, पूर्ब सभापति बलराम श्रेष्ठ, जनसंपर्क समिती बेल्जियमका पुर्ब सभापति सुभास जोशी,पुर्ब महाधिबेशन प्रतिनीधि उल्का घिमिरे,अधिबेशन तयारी समिति सम्योजक सीता सापकोटा,अमेरिकाबाट महासमिति सदस्य तथा प्रतिनीधि, बिष्णु सुबेदी,बेद प्रसाद खरेल,हरिबोल भन्डारी,प्रमोद सिटौला,हेमराज भट्ट,खगेन्द्र जी सी, गौतम दाहाल,सी. पि. पौडेल,एनआरएनए केन्द्रिय महिला उपाधक्ष्य रबिना के सी, एनआरएनए अध्यक्ष सुनिल शाह,जनसंपर्क समिती डेनमार्कका सभापति बिरेन्द्र सिङ कार्की,जनसंपर्क समिती मकाऊका सभापति लेख बहादुर गुरुङ,पुर्ब सभापति सुदर्शन थापा,जनसंपर्क समिती स्विडेन का सभापति नबिन थपलिया,जनसंपर्क समिती एबं एनआरएनए पुर्ब अध्यक्ष स्पेन चिन्तामणी सापकोटा,जनसंपर्क समिति कुबेतका सभापति राजेन्द्र बिरही,जनसंपर्क समिति पोल्याण्ड का सभापति एलिनी सुबेदी, एनआरएनए जनसंपर्क समिती फ्रान्स का पुर्ब सभापति निर्मल अर्याल, एनआरएनए अफ्रीकाका महिला नेत्री तथा एनआरएनए अभियान्ता मन थापा ,जनसंपर्क समिती इटाली का कार्यबाहक सभापति राजन चापागाईं, जनसंपर्क समिती इटाली का सस्थापक सम्योजक रामजीबि पन्त,जनसंपर्क समिती एबं एनआरएनए जर्मनी का निबर्तमान अधक्ष्य बिजय मोक्तान, पुर्ब अध्यक्ष शरण केसी, अस्ट्रलिया जनसंपर्क समिति सस्थापक सदस्य दिनेश जोसी,जनसंपर्क समिती पोर्तुगलका पुर्व सभापति लक्ष्मी प्रसाद सापकोटा, एनआरएनए अध्यक्ष तिलक गैरे, जनसंपर्क समिती नेदरल्याण्ड बाट सभापति प्रेम जङ्ग गुरुङ,महाधीबेशन प्रतिनीधि सालिक गौतम, पुर्ब अध्यक्ष एनआरएन हरि पौडेल लागायत अन्य धेरै बिसिस्ट ब्याक्तिहरुको महत्वपुर्ण उपस्थिति रहेको थियो।

जनसंपर्क समिती समन्वय बिभागको आयोजनामा गरिएको यस कन्फरेन्स बैठक मा प्राबिधीक एबं सहयोगी का रुपमा बेलायतबाट पत्रकार चिरन शर्मा, नेपालबाट पत्रकार रामजी दाहाल, सामाजिक अभियान्ताहरु स्पेनबाट एकराज गिरि, माल्टा बाट सोम सापकोटा, नेदरल्याण्डबाट शशी पौडेल,अफ्रीका बाट हिक्मत थापा,बेलायतबाट इन्द्र हाङ लिन्ग्देल लगायतले बिषेश सहयोगी भुमिका निर्वाह गर्नु भएको थियो।