८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए साहित्य,भाषा,संस्कृति र सम्पदा प्रवर्द्धन समिति गठन

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७७, सोमबार १०:१७

न्यूयोर्क । एनआरएन आइसीसीले हालै नेपाली साहित्य,भाषा,संस्कृति र सम्पदा प्रवर्द्धन समिति गठन गरेको छ । एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापा (नाइजेरिया) को अध्यक्षतामा समिति गठन गरिएको एनआरएन आइसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२१ सदस्यीय समितिमा छ वटै महादेशबाट प्रतिनिधित्व हुने गरी एक एक जना सह-अध्यक्षको व्यवस्था गरिएको छ । जस अनुसार, युगाण्डाका रमेश कंडेल (अफ्रिका), अमेरिकाका महेश्वर पन्त (अमेरिकाज क्षेत्र),जापानका बेलुकाजी थापा (एशिया प्यासिफिक), नेदरल्याण्डका हरि पौडेल(युरोप),युएइका निश्चल पीएस लिम्बु (मध्यपूर्व) र अष्ट्रेलियाका गणेश घिमिरे (ओसियाना) समितिको सह-अध्यक्ष रहनु भएको छ ।

समितिमा विकास विष्ट (अमेरिका),चन्द्र लामा अनुराग (कोरिया),गौतम दाहाल (अमेरिका),गोविन्द गिरि प्रेरणा (अमेरिका),जितेन्द्र मल्ल (अष्ट्रेलिया),कपिल अधिकारी(अमेरिका),कृष्ण कुसुम (अमेरिका), लक्ष्मण न्यौपाने (म्यान्मार),नृपेश उप्रेती(बेलायत),संजय शान्ति सुबेदी(न्यूजिल्याण्ड),सर्वज्ञ वाग्ले(अमेरिका), सुनिल संगम (पोर्तुगल) र तीर्थ संगम राई (कतार) र भगवती बस्नेत (नेपाल) सदस्य रहनु भएको छ । समितिको सदस्य सचिवमा भगवती बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

समितिको सल्लाहकारहरुमा डा. गङ्गाप्रसाद उप्रेती (कुलपति,प्रज्ञा प्रतिष्ठान नेपाल),जीवा लामिछाने (जर्मनी),आश्विनी कोइराला (नेपाल),नीलम कार्की निहारिका(अमेरिका) र रमेश पौडेल (नेपाल) रहनु भएको छ ।

यसैगरी यही समिति मातहत रहने गरी भाषा प्रवर्द्धन र संस्कृति एवं सम्पदा प्रवर्द्धन उप-समिति गठन गरिएको छ । भाषा प्रवर्द्धन उप समितिको नेतृत्वमा कृष्ण लामिछाने र संस्कृति एवं सम्पदा प्रवर्द्धन उपसमितिको नेतृत्वमा गोविन्दप्रसाद गौतम रहनु भएको छ ।