२६ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिकामा बेरोजगारको संख्या ह्वातै बढ्यो

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७७, शुक्रबार ०५:५१

न्यूयोर्क । कोरोना भाइरस संक्रमणसँगै अमेरिकामा बेरोजगारको संख्या ह्वात्तै बढेको छ । पछिल्लो पटक बेरोजगारी भत्ता माग गर्नेको संख्या ३२ लाख थपिएको अमेरिकाको श्रम विभागले जनाएको छ ।

मार्चयता अमेरिकामा श्रम गर्न योग्य २० प्रतिशत मानिसहरु बेरोजगार भएका छन् । बिहीबारसम्म तीन करोड ३३ लाख व्यक्तिले आफू बेरोजगार बनेको भन्दै सरकारसमक्ष भत्ताका लागि निवेदन दिएका छन् ।

कोरोना भाइरसको महामारीका कारण व्यवसायहरु बन्द हुँदा अमेरिकामा बेरोजगारी दर बढेको छ । अमेरिका कोरोना भाइरसका कारण संसारकै सबैभन्दा बढी प्रभावित मुलुक हो ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । संक्रमितको संख्या १२ लाख ९२ हजार कटेको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ ।