७ बैशाख २०८१, शुक्रबार
Follow Us

थप सात जनामा कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०७७, शनिबार ०४:२१

नेपालमा थप सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप सात जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उदयपुरको भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जना नयाँ सङ्क्रमित फेला परेको जनाएको छ । राष्ट्रिय प्रयोगशाला, काठमाडौँ र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०९ पुगेको छ । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७ र १८÷१८ वर्षका पुरुष तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म प्राप्त विवरणअनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ ।