१२ बैशाख २०८१, बुधबार
Follow Us

पूर्वराजदुत रिचर्ड मोरिस बेलायतमा बेपत्ता, खोजीको लागि अपील

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७७, शनिबार १९:०७

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिस बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ५२ वर्षीय मोरिस बुधबार बिहान १०.३० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट हराएका हुन् ।
प्रहरीले उनको खोजीको लागि अपील गरेको छ । प्रहरीले उनी मर्निग वाकमा निस्केको जनाएको छ ।

उनको परिवारको मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरेको स्थानिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

उनी सन २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदुत थिए ।