७ बैशाख २०८१, शुक्रबार
Follow Us

साउदी अरबमा कोरोना संक्रमित एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७७, आईतवार १६:०१

बिनोद श्रेष्ठ।
युएई । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । साउदी अरवको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ।

जेद्दा शहरभित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएको दूतावासले जनाएको छ।