८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा एकै दिन थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या १२० पुग्यो

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७७, सोमबार ०३:२९

कपिलवस्तु । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् । अन्यको विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।