४ बैशाख २०८१, मंगलवार
Follow Us

माइतीघरमा जल्यो प्रधानमन्त्रीद्वय ओली र मोदीको पुत्ला

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७७, सोमबार ११:०१

काठमाडौं । भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरेका हुन् ।

प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् ।

सोही क्रममा सोमबार मध्यान्न उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन् । आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए ।