१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय राजदूतलाई नेपाल सरकारको ‘कूटनीतिक नोट’

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७७, सोमबार ११:०३

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई आज मन्त्रालयमा बोलाएर लिपुलेकमा भएको निर्माणबारेमा औपचारिक धारणा माग गरेका हुन् ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भेटमा सीमाको विषयमा नेपालको धारणाबारे जानकारी गराउनुका साथै कुटनीतिक नोट बुझाएको उल्लेख छ । सरकारले लिपुलेक अतिक्रमण गरी सडक बनाइएको बारे भारतीय राजदूतलाई कूटनीतिक नोट दिएको हो ।

नेपाली भूमी लिपुलेक भएर चीन जोड्ने सडक भारतले उद्घाटन गरेपछि नेपाल सरकारले कडा आपत्ति जनाइसकेको छ । लिपुलेक अतिक्रमण गरी सडक बनाएकोबारे नेपालमा विभिन्न पक्षबाट तीव्र विरोध भइरहेको छ । गएको नोभेम्बरमा राजनीतिक नक्सा सार्वजनिक गरी अतिक्रमण गरेको भारतले कोरोना महामारीको मौका पारेर सडक खनेको छ ।