१३ बैशाख २०८१, बिहीबार
Follow Us

डाक्टर केसीले आज अनसन तोड्ने

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७३, आईतवार ०३:२७

काठमाडौं । विगत २२ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास हिजो शनिबार पनि सफल हुन सकेन । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा अड्डी लिइरहनुभएको छ ।

दुवैतर्फका वार्ता टोलीले तयार गरेको १२ बुँदे सहमतिको मस्यौदा तयार भइसकेको र आज आइतबार सहमतिपत्रमा हस्ताक्षर हुने वार्तामा सहभागी डा जीवन क्षेत्रीले  जानकारी दिनुभयो । उहाँले हिजो राति अबेरसम्म भएको वार्तामा सबै विषयमा सहमति भएको र त्यसलाई आइतबार अन्तिमरुप दिने तयारी गरिएको उल्लेख गर्नुभयो ।