७ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादीले निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७३, आईतवार ११:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन केन्द्रित गरी संगठन सुदृढिकरण अभियान सुरु गर्ने भएको छ । आज विहान बसेको केन्द्रीय कार्यालय बैठकले संविधान संशोधनपछि निर्वाचनमा जानुपर्ने निष्कर्षसहित त्यसको तयारीमा जुट्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन लक्षित भएर काम गर्न केन्द्रीय कार्यालयका सदस्यलाई निर्देशनसमेत दिएका थिए । पोलिटब्यूरो संख्या थप्नेबारे छलफल भएपनि बैठकले ठोस निर्णय भने गरेन् । त्योसहित निर्वाचनसम्वन्धी कार्ययोजनालाई पोलिटब्यूरो बैठकले अन्तिम रुप दिने बताईएको छ । पोलिटब्यूरो बैठक आज नै बस्ने बताइएको छ ।