१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए माल्टाका पदाधिकारीले भने ‘ईष्टमित्र’ ल्याएका हौ (स्पष्टीकरण सहित)


३० बैशाख २०७७, मंगलवार २३:४७

सोधपुछ बिनानै स्पष्टीकरण पत्र

लण्डन। बिबादमा तानिएको एनआरएनए माल्टाका पदाधिकारीहरुले आँफै स्पष्टीकरण दिएका छन्। राष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रलाई सम्बोधन गर्दै केन्द्रको सोधपुछ बिनानै स्पष्टीकरण पत्र पठाएका हुन्।

संघका अध्यक्ष राजु अर्याल र महासचिव सन्देश केसीले हस्ताक्षर गरेको पत्रमा आफ्ना आफन्त तथा ईष्टमित्रलाई माल्टामा बोलाएको र बाहिरी मानिसहरुमा कुनै संग्लनता नरहेको उल्लेख छ। तर उनिहरुले संघको पद तथा गोपनियता लिनु पूर्व त्यस्ता गतिबिधिमा संग्लग्न गरेको पत्रमा उल्लेख गरेका छन्।

“जुन कुरा हामीले संबादमा स्वीकारेका छौ त्यो आफ्नो पद तथा गोपनियताको सपथ खानुभन्दा अगाडिका कुराहरु हुन्। त्यो पनि हामी आफन्त र इष्टमित्र बाहेक वाहिरी मानिसमा हाम्रो संग्लग्नता नरहेको कुरा अबगत गराउन चाहान्छौ।” पत्रमा उल्लेख छ।

युरोपबाट सक्रियरुपमा पत्रकारिता गरिरहेका पत्रकार बसन्त रानाभाटले एक टेलिभिजन रिपोर्टसहित माल्टामा नेपालीहरु बिचिल्लीमा परेको खबर अनलाईनखबरमार्फत सार्बजनिक गरेका थिए। उनले लेखेको एक फिचरमा पिडितहरुले आँफू एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरुबाट ठगिएको बयान उल्लेख छ। त्यसो त उक्त रिपोर्टमा एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) ले आँफूले गरेको काम गैर कानुनिरहेको आँफैले स्वीकार गरेका थिए।

स्रोतका अनुसार एनआरएनए केन्द्रले माल्टाका लागि छुट्टाएको ३ हजार डलरको सहयोग रोक्का गरेको छ। एनसीसी माल्टा र पदाधिकारीबारे बिबादस्पद समाचार आएपछि सहयोग रकम दिने वा नदिनेबारे केन्द्रिय पदाधिकारीहरु नै दोधारमा परेका छन्। माल्टाका नेपालीहरुलाई बिचिल्लीमा पार्ने एजेण्टहरुबारे छानबिन गरी कारबाहीको दायारमा ल्याउन संघमा दवाव बढेको छ।

एनआरएनए माल्टाले भर्खर नेपालदेखि आएका काम नपाएका र ल्याउने माध्यमबाट सम्पर्कबिहिन भएका नेपालीहरुलाई पहिलो चरणमा खाद्यबस्तु बितरण गरिसकेको उल्लेख गरेको छ।माल्टाकालागि बिनियोजन गरेको राहतलाई पारदर्शी रुपमा बितरण गर्ने प्रतिबद्वता उनीहरुले पत्रमार्फत ब्यक्त गरेका छन्।

तर त्यहाँ कार्यसमिति भित्रको होस् वा बाहिर रहेको व्यक्तिले आ-आफूले ल्याएका नेपालीलाई आँफै जिम्मेबार बन्ने,खानाबस्नको ब्यबस्था गरिदिने आन्तरिक सहमति भएको बताईन्छ। एनआरएनए माल्टाका कार्यसमितिका पदाधिकारीहरुले नै बिचौलियाको काम गरी नेपालीहरुलाई अलपत्र पारेको आरोप लागेको छ।
यो पनि पढ्नुहोस
एनआरएनए माल्टा तत्काल खारेज गरौं (समाचार टिप्पणी)