लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानविन हुने भएको छ ।
एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरुबाट आफुहरु ठगिएको बयान केही नेपालीहरुले अभिव्यक्ति दिए पछि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदले छानविन समिति गठन गरेको हो ।
गैरआवासीय नेपाली संघका अनुसार छानविन समितिमा युरोप संयोजक नारायण आचार्य, उपसंयोजकहरु कृष्ण तिमिल्सीना, मुक्त गुरुङ्ग, सुक्रराज न्यौपाने र आइसीसी सदस्य रामशरण सिमखडा रहेका छन् ।
पछिल्ला रिपोर्टमा एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) र महासचिवले आँफूले गरेको काम गैर कानुनिरहेको आँफैले स्वीकार गरेका थिए ।