७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशमा समस्यामा परेकालाई वैदेशिक रोजगार बोर्डको ७० लाख रुपैयाँ

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७७, बिहीबार ११:२८

काठमाडौं । कोभिड १९ ले विदेशमा समस्यामा परेका श्रमिकलाई खानेबस्ने व्यवस्था गर्न दूतावासमार्फत् वैदेशिक रोजगार बोर्डले ७० लाख रुपैयाँ पठाएको छ । मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेको नेपाली दूतावासले माग गरे अनुसारको झण्डै ७० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत पठाएको हो ।

कोरोनाको सङ्क्रमणको जोखिम बढ्सँगै काम रोकिदा, तलब नपाउदा र घर फर्कन नपाएका धेरै श्रमिकलाई अहिले खाद्यन्नको समस्या भएको छ । यी चार देशले श्रमिकका लागि खान बस्नको व्यवस्था गर्न रकम आवश्यक परेको भन्दै माग गरे अनुसारको रकम उपलब्ध गराएको बोर्डको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकको राहत र उद्दारका लागि बोर्डले यसअघि पनि सहयोग रकम पठाएको थियो । मलेसियाले गैरकानुनी श्रमिकका लागि ल्याएको ‘ब्याक फर गुड प्रोग्राम’मार्फत स्वदेश फर्कने श्रमिकका लागि पनि मलेसियामा रहेको दूतावासले माग गरे अनुसारको रकम पठाएको बोर्डले जनाएको छ ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा घर फर्कन ठिक्क परेका श्रमिकहरु पनि परदेशमै रोकिएका छन् । विशेषगरी साना कम्पनीमा काम बन्द हुँदा श्रमिकलाई खाद्यन्न लगायत विभिन्न समस्या परेको त्यहाँ रहेका दूतावासले जनाएका छन् ।