८ बैशाख २०८१, शनिबार
Follow Us

आगामी बजेटमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई गगन थापाको १६ बुँदे सुझाव

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७७, शुक्रबार ०५:२२

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि ९ र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि ७ गरी १४ बुँदे सुझाव दिएका छन्।

पूर्व स्वास्थ्यमन्त्री थापाले कोरोना महामारीकाे नियन्त्रणसँगै सरकार बजेटको तयारीमा जुटेको भन्दै विगतमा आफूले स्वास्थ्य मन्त्रालयमा बटुलेको अनुभवका आधारमा स्वास्थ्य सेवालाई थप सबल र प्रभावकारी बनाउन सुझाव दिएको बताएका छन्।

थापाले मन्त्री ढकाललाई ७ पृष्ठ लामो ध्यानाकर्षण पत्र लेख्दै सुझाव दिएका छन्।

आगामी आर्थिक वर्षको बजेटका लागि थापाले स्वास्थ्य क्षेत्रको पुनर्संरचना, एकिकृत स्वास्थ्य पूर्वाधार मापदण्ड र परियोजना कार्यान्वयन, कानूनी संरचना निर्माण र कार्यान्वयन, सुपथ मुल्यमा गुणस्तरीय औषधिको उपल्बधता, स्वास्थ्य बिमा, साझेदारी र सहकार्य र कार्यदक्षताका आधारमा प्रोत्साहन प्रणाली कार्यान्वयन विषयमा विस्तृत रुपमा सुझाव दिएका छन्।

यस्तै थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेको कदम पर्याप्त नभएको भन्दै ९ बुँदे सुझाव दिएका छन्। उनले लकडाउनको अवधिको उचित सदुपयोग नभएको उल्लेख गर्दै युद्धस्तरमा काम गरेर सम्भाव्य महासंकटलाई न्यून गर्न सकिने पत्रमा उल्लेख गरेका छन्।