१५ चैत्र २०८०, बिहीबार
Follow Us

गृहमन्त्रालयको पासमा पूर्वराजा ज्ञानेन्द्र फिर्ता

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७७, शुक्रबार ०५:३२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताउनुभयो । पूर्वराजा शाहका तर्फबाट उहाँको सचिवालयले काठमाडौं जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिनुभयो ।