४ बैशाख २०८१, मंगलवार
Follow Us

बाग्लुङ्गका आशिष केसीको अमेरिकामा तालमा डुबेर मृत्यु

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७७, सोमबार ०५:१४

बाल्टिमोर । बाल्टिमोर नजिक ग्लेन बर्नी भन्ने ठाउँमा बस्दै आएका नेपाली युवा आशिष केसीको निधन भएको छ। २५ वर्षीय केसीको आइतवार वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा निधन भएको हो।

बाग्लुङ्ग जिल्ला पुर्ख्यौली थलो भएका केसी गत शुक्रवार ग्लेन बर्नी नजिकैको एक तालमा डुबेका थिए। आफ्नो भतिज र साथीहरुसंग तालमा पुगेका केसी पौडी खेल्दै जाँदा पानीको मूख्य भागमा पुगेपछि त्यहीं नै डुबेका थिए। उनीसंगै गएका भतिज र साथीभाइले उनको उद्धार गर्न नसकेपछि आकस्मिक सेवामा सम्पर्क गरी उनलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याईएको थियो।
तर आफुहरुको निरन्तरको प्रयासका बावजुद पनि केसीलाई बचाउन नसकिएको भन्दै अस्पतालका चिकित्सकले आफुलाई जानकारी गराएको मेरिल्याण्ड राज्यका सांसद (डेलिगेट) ह्यारी भण्डारीले बताएका छन्।
चिकित्सकले दिएको जानकारी भन्दै भण्डारीले आफ्नो फेसबुक वालमा लेखेका छन्,(ुआशिषलाई अस्पताल पुर्याउने समयसम्म मुटुको धडकन (हर्ट विट) अवरुद्ध भएको,मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुले उच्च प्रकारको मेडिकेशन चलाएर व्रेन वेभ मनिटर मार्फत मस्तिष्कको जाँच गर्दा अक्सिजनको कमी भएको र मृगौला समेत फेल भईसकेको थियो ।