June 5, 2020
4:28 PM | 9:13 PM

इंग्लिस प्रिमियर लिगका ६ खेलाडीलाई कोरोना संक्रमण

  20th May 2020 मा प्रकाशित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । लिगको प्रशिक्षण गर्ने क्रममा खेलाडी र कर्मचारी गरि ७ सय ४८ को परीक्षणको क्रममा उनीहरुमा संक्रमण भेटिएको हो ।

त्यसमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक ड्यान वोइन रहेका छन् । अरु दुई जना अर्को क्लबका खेलाडी रहेपनि उनीहरुको नाम भने खुलाइएको छैन । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ । प्रिमियर लिगले क्लबलाई सानो प्रशिक्षणको अनुमति दिएको छ ।

कोरोनाको कारण गत मार्चबाट स्थगित प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

प्रतिक्रिया