June 5, 2020
5:25 PM | 10:10 PM

कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण

  20th May 2020 मा प्रकाशित

काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले कालिमाटी वृत्तमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरे । उनका अनुसार सई र जवानमा संक्रमण देखिएको हो ।
उनले दिएको जानकारी अनुसार अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।

संक्रमित दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल बल्बुमा उपचारका लागि भर्ना गरिएको छ । संक्रमितहरुबाट चार दिन अघि स्वाब लिइएको थियो ।

कान्तिपुर

प्रतिक्रिया