१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली कांग्रेसद्वारा प्रवासका नेपाली उद्दारका लागि एप सार्वजनिक

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०७७, बुधबार ११:४३

काठमाडौं । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले ‘संकटमा उद्दार मातृभूमिको कर्तव्य’ भन्दै एक एप निर्माण गरेको छ । नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालहरुको हालको स्थिति विवरण संकलन र देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन गर्ने उद्देश्यले एप सार्वजनिक गरेको प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

एपमा सोधिएको विवरण भर्न नेपाली कांग्रेसले अनुरोध गरेको छ भने संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्दार गर्न नेपाल सरकारलाई सघाउन दबाब पु-याउने लक्ष्य लिइएको प्रवक्ता शर्माले जानकारी दिए ।

नेपालसमेत ४३ देशबाट आज जेठ ७ गते बुधबार नेपाली समय अनुसार अपरान्ह ३ बजे एक साथ एप र वेब एप सार्वजनिक गरियो ।
नेपालमा पार्टी सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत् एप सार्वजनिक गरे भने नेपाली जनसम्पर्क समिति रहेको ३५ देशमा सभापति एवम् संयोजकहरुले तथा अन्य ७ देशमा सामाजिक भूमिकामा रहेका व्यक्तिले एप र वेब ऐप सार्वजनिक गरे ।

इजराल, बेल्जियम, यूके, अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीटजरल्यण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरल्यान्ड, जापान, अस्ट्रेलिया, कतार, मलेसिया, युएइ, पोल्यानड, क्यानाडा, मकाउ, साउदी अरब, बहराइन, कुवेत, नर्वे, न्यूजिल्यान्ड, भारत, चीन, फिनल्यान्ड, आयरल्यान्ड, ओमान, फ्रान्स, साइप्रस, स्वीडेन, लक्जेम्वर्ग, बंगलादेश, मालद्विप्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टामा एकै साथ एपको सार्वजनिक गरिएको हो ।