१९ बैशाख २०८१, बुधबार
Follow Us

मलाई तरकारीवाली नबनाउनुहोस् — राजदूत, सुवेदी (भिडियो)

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७३, सोमबार ०८:००

 

आइतवारका दिन वरिष्ठ समाजसेवी इन्दिरा रानामगरको उपस्थितीमा लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना सम्पन्न भयो । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी र हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी यूथ तथा नेपाल आदिवासी जनजाती महिला महासंघ यूकेको संयुक्त आयोजनामा गरिएको थियो ।

प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्यका क्रममा डा. सुवेदीले आफू सम्पूर्ण नेपाली भाषा भाषी तथा धर्मको प्रतिनिधित्व गर्ने राजदूत भएको र राजदूतावासबाट कसैलाई कुनैपनि किसिमको भेदभाव तथा कुनै पनि भ्रष्टाचार नहुने दावी गरेका थिए ।
आफ्नो नामको पछाडी सबै नेपाली थरहरु जोड्दा आफूलाई फरक नपर्ने र म राई, लिम्बु, मगर, गुरुङ, थकाली,शेर्पा मधेसी,यादव, थारु आदि सबै जाती र थर हुँ भनेका थिए । विगतका केहि दिनहरुमा केहि न्यूज पोर्टल र सामाजिक संजाल फेसबुकमा लेखिएका प्रसंगलाई पनि निकै गहिरोसंग कोट्याएका थिए ।

डिसेम्बर १ तारिख अर्थात मङ्सिर १६ गतेका दिन डा. सुवेदीले बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहकाबीच बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए । उक्त दिनको रिसेप्सन कार्यक्रममा आफूहरुलाई निमन्त्रणा नगरेको र स्थानीय समुदायमा अस्तित्वमा रहेका सङ्घसंस्थाको प्रतिनिधित्व हुन नसकेको भन्ने गुनासाहरु आएका थिए ।15319320_1792019431052303_1430084568351861360_n सोहि प्रसंगलाई व्यंग्यात्मक शैलीमा उनले भने “नेपालमा तरकारीवालीको चर्चा चल्छ लण्डनमा राजदूतको चर्चा चलेको छ । नेपालको राजदूत नेपाल सरकारको प्रतिनिधिलाई तपाईहरुको शीरलाई उच्च राख्ने, तपाईंहरुले गौरव गर्ने चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा बोक्ने राजदूतलाई तरकारीवाली जस्तो नबनाउनुस यसले तपाईं हरुलाई नै असर पर्छ उनले भनेका थिए । आफू बेलायत र नेपालको दुई सय वर्ष भन्दा पूरानो सम्बन्धलाई अझ सुमधुर घनिष्ट र ब्यापक पार्दै नेपालको आर्थिक विकास र सामाजिक विकासमा कटिबद्ध रहेको जनाएका थिए ।

 

आफू बेलायतका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनिहरु प्रति सहिष्णुता समझदारी भातृत्व र एकता अभिव्रिद्धि गर्न कटिबद्ध रहेको र यो कुनै दोष हुन नसक्ने उनले बताएका थिए । राजदूतद्वारा कसैलाई कुनै किसिमको विभेद नगर्ने र नेपाली राजदूतको छाती खुल्ला छ दूतावासको ढोका पनि खुल्ला छ र कसैलाई आपद्बिपद परेमा दुई घण्टा बन्द गरेकोमा आश्चर्य नमान्नुस आवश्यक परेमा म कुनै पनि बेला शनिवार होस् वा आइतवार पनि दूतावास खोल्न तयार रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

आफ्नो बारेमा केहि भन्नु छ भने फेसबुकमा हैन मेरो फेसमा सिधै भन्नुहोस भन्दै दूतावास तपाईंहरु सबैको साझा घर हो राजदूत त आउछन जान्छन अहिलेसम्म १९ जना राजदूत आइसकेका छन् ।

नेपाली राजदूतको शीर निहुरियो भने राजदूतको स्वाभिमान निहुरियो भने सबैजनाको अभिमान पनि निहुरिन सक्ने चेतावनी दिएका थिए । सामाजिक संजालको प्रसंगलाई औंल्याउँदै नेपाली दूतावासमा भएको एउटा रिसेप्सनमा निमन्त्रणा नआउदा ठूलो कुरा नबनाउनुस सबैलाई एकैचोटी सम्भव नहोला तर पालोपालो गरि मेरा दुई लाख दाजुभाई दिदिबहिनी सबैलाई चार वर्ष भित्रमा दूतावासको आँगनमा टेकाउने प्रयास रहने आश्वासन पनि दिएका थिए ।

आफूले तमु ल्होछारमा गुरुङ पोशाकमा ,शेर्पा नेवार लगायतका अन्य सबै जातीको कार्यक्रममा सबैले आ-आफ्नो भेशभूषा अनुसारको पोशाक उपलब्ध गराएमा आफू र शरिमति सहित सोहि पोशाकमा उपस्थित हुने पनि राजदूत सुवेदीले बताए ।15338604_10210255309634140_955973242947683643_nअन्तमा आमा इन्दिरा रानामगरको बारेमा पनि प्रशंसा गर्दै इन्दिरा रानामगर बगरमा फालिएकी मणि हुन् उनले नेपालका जेलका रहेका अनाथ बालबालिकाहरुलाई आँखा दिएकीछन् हात दिएकीछन् आड दिएकीछन् र ओत नभएकाहरुलाई ओत दिइरहेकी छन् तसर्थ सबैले मिलेर तन, मन र वचनले सहयोग गर्न आग्रह गरेका थिए । विभिन्न संघ सस्थाका प्रतिनिधि,संसद डिपुटी मेयर, पत्रकार लगायत थुप्रै समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बिमला सेनले गरेकी थिइन् ।

इन्दिरा मगरले नेपालमा भएका बन्दि तथा कैदीहरु र तिनका बालबच्चाहरुमाथि भइरहेको मानव अधिकारको हनन र तिनीहरुलाई पालन पोषण शिक्ष्या स्वास्थ्य लगायतका विभन्न क्षेत्रमा सहयोग पुर्याउदै तथा आवाज उठाउँदै आएकी छन् । इन्दिरा अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्डबाट समेत सम्मानित भैसकेकी छन् । ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष समेत रहेकी रानामगर युरोपका बिभिन्न युनिभर्सिटीहरुमा आफ्नो अनुभबहरु साटासाट गर्ने उद्देश्यले युरोप भ्रमणमा आएकी हुन्