११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुग्यो, ४९ जना डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७७, बिहीबार १५:२७

काठमाडौ । बाँकेमा २, कपिवस्तुमा १ जना र झापामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् ।

झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ । प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ६ हजार २ सय ७९, बागमती प्रदेशमा १७ हजार ४ सय ४९ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ४ सय ८५ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले देशभरीका क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।

कोरोना डिस्चार्ज
कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट आज चार जना डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ । ४ जना कोरोना भाइसरमुक्त हुने मध्ये एक जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् । फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई वैशाख ३१ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्पतालबाट कोरोनामुक्तभएर डिस्चार्ज हुनेको संख्या ४९ जना पुगेको छ ।